शेयर
शेयर धितोमा गरिएको कडाइविरुद्ध लगानीकर्ताले दिए ज्ञापन, परिमार्जन हुन सक्ने अर्थमन्त्रीको आश्वासन
काठमाडौंः मौद्रिक नीतिमा शेयर कर्जामा गरिएको कडाइविरुद्ध लगानीकर्ताले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर ज्ञापन पत्र बुझाएका छन् । उनीहरुले नेपाल राष्ट्र बैंकको पछिल्लो कदम सरासर पूँजी बजार विरोधी रहेको बताएका छन् ।
ज्ञापनपत्रमा मौद्रिक नीतिमा एक व्यक्ति वा संस्थाले एक वित्तीय संस्थाबाट बढीमा ४ करोड र समग्र वित्तीय प्रणालीबाट १२ करोड रुपैयाँबराबरको मार्जिन प्रकृतिको कर्जा लिन पाउने व्यवस्थाले साना लगानीकर्तालाई सहुलियत नहुने बताएका छन् । साना लगानीकर्ताहरुलाई प्रोत्साहन गर्ने हो भने शेयर कर्जालाई विशेष सहुलियतका प्याकेज घोषणा गर्न सकिने ज्ञापनपत्रमा उल्लेख छ ।
बैंक तथा वित्तीय संस्थाहरुले सुरक्षित कर्जाका रुपमा लिएको शेयर कर्जालाई संकुचित गरी राजस्वमा पुगेको योगदान घटाउन नहुने उनीहरुले उल्लेख गरेका छन् ।
नेपाल इन्भेस्टर्स फोरम र शेयर लगानीकर्ता संघको संयुक्त प्रतिनिधिमण्डललाई भेट दिँदै अर्थमन्त्री शर्माले कुनै पनि कारणले बजारलाई नकरात्मक असर नपर्ने बताएका छन् । मार्जिन लोनसम्बन्धी व्यवस्था २ वर्षपछि लागू गरिने पनि शर्माले बताएको सिंहदरबार पुगेका लगानीकर्ताको भनाइ छ ।
Facebook Comment
Banner
देशभर सामान्य बदली : तराईमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान
अहिले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । मौसम पूर्वानुमान महाशाखाकाअनुसार बिहान कोशी र गण्डकी प्रदेशको एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य पानी परेको छ । नेपालमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेकाले केही ठाउँमा बदली र बर्षा भएको हो ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँ तथा बाँकी भू–भागका एक–दुई ठाउँमा मेघगर्जन/चट्याङसहित सामान्य वर्षाको सम्भावना रहेको छ ।
गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा सामान्य हिमपातको सम्भावना रहेको छ ।
यसैबीच तराई मधेशका क्षेत्रमा भइरहेको चर्को गर्मी आज केही कम हुने अनुमान रहेको छ । बदली र हावाहुरीका कारण गर्मी केही घटेपनि केही दिन तातो हालाको लहरको जोखिम भने कायमै रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
Banner
आज – २० जेठ २०८१ आइतवार को राशिफल
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्राप्त होला । स्वादिष्ट भोजन पनि पाइएला ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । दुष्ट व्यक्तिको सङ्गतिले आत्मघाती काम गर्न पुगिएला सचेत रहनुहोला । अल्छीपना पनि बढ्नेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । धर्मकर्म तथा समाज सेवामा मन लाग्नेछ । रमाइलो र टाढाको यात्राको सम्भावना समेत छ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज मित्रले व्यर्थको विवाद र कुरा काट्नसक्छन्। आम्दानीको तुलनामा खर्च ज्यादा रहनेछ । सकेसम्म खर्च जोगाउनु नै राम्रो हुनेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज रमाइलो यात्राको योग रहेको छ । आफन्तबाट सहयोग प्राप्त हुनेछ । नयाँ कार्यको थालनी हुनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) समस्या दर्साउँदा सुखदुःखमा साथ दिनेहरू भेटिनेछन् । छोटो दुरीको लाभदायी यात्रा हुनेछ । अरुलाई प्रभावित पारेर काम पनि बन्ला ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज आँटेको र ताकेको कार्य पुरा होला । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागि पनि श्रेष्ठ समय रहेको छ । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यले साथ दिनेछ । रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । शिक्षामा पनि सफलता पाइएला । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल
Banner
टी-२० विश्वकप सुरु, उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ गर्दै
आईसीसी टी-२० विश्वकप २०२४ अमेरिकामा सुरु भएको छ । उद्घाटन खेलमा क्यानडाले अमेरिकाविरुद्ध ब्याटिङ सुरु गरेको छ ।
डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट रंगशालामा अमेरिकाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेपछि क्यानडाले ब्याटिङ सुरु गरेको हो ।
क्यानडा साद बिन जाफर र अमेरिका मोनांक पटेलको कप्तानीमा उत्रिएका छन् । दुवै टोलीले पहिलो पटक विश्वकपमा डेब्यू गरेका हुन् । अमेरिका आयोजक हुँदा सिधैं छनोट भएको हो भने क्यानडा अमेरिका छनोट जित्दै पहिलो पटक विश्वकपमा पुगेको हो ।
यसै साता अमेरिकाले ह्युस्टनमा बंगलादेशविरुद्ध तीन टी–२० आई खेलको सिरिज २–१ ले जितेको थियो । अमेरिकाको मुख्य हतियार तीव्र गतिको बलिङ आक्रामण हो । सौरभ नेत्रवालकर, अली खान, कोरी एन्डरसन, शाड्ली भान र जेसी सिंह तीव्र गतिका बलर हुन् । जसमा अली खानसँग विश्वभर फ्रेन्चाइज लिग खेलको अनुभव छ ।
-
अर्थ5 years ago
समाचारमार्फत् आफ्नो चरित्रहत्या गरिएको भन्दै कानेपोखरीका युवा व्यवसायीले गरे पत्रकार सम्मेलन
-
Banner2 years ago
साउनदेखि कुन तहका कर्मचारीको कति तलब ?
-
खेलकुद5 years ago
रंगशालाको अवलोकन
-
मुख्य4 years ago
शेयर बजारमा झिनो अंकको गिरावट
-
अर्थ4 years ago
गोर्खा डिपाटमेन्ट स्टोर विराटचोकलाई ५० हजार जरिवाना
-
मुख्य5 years ago
सुन्दरहरैंचामा चोरले बोरामा हालेर लादैं गरेको बच्चालाई आमाले खोस्न सफल
-
मुख्य4 years ago
पुस १० गते खण्डग्रास सूर्यग्रहण लाग्ने भएकाले मोरङका संस्थागत विद्यालय बिदा
-
Banner4 years ago
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालय सर्ने, गोठगाउँमा आज साँझ दीप प्रज्वलन गरिने
You must be logged in to post a comment Login